भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
नाला निर्माण कार्य एक महिनाभित्र सम्पन्न हुने
पीडीएफ मुद्रण इमेल
alt वीरगञ्ज, ११ बैशाख/ वीरगञ्ज नगरमा भइरहेको नाला निर्माण कार्यलाई व्यवस्थित तुल्याउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, पर्सा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, शहरी विकास परियोजना, वीरगञ्ज उपमहानगरपालिका कार्यालयका प्रमुखहरुबीच आज पर्साका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छलफल सम्पन्न भयो ।

कार्यक्रममा प्रजिअ केशवराज घिमिरेले वर्षायाम नजिकिँदै गएकोले बाटोमा पानी जम्ने र सोबाट अझ अप्ठ्याराहरु थपिने भएकोले नाला निर्माण कार्य यथाशीघ्र पूरा गर्न परियोजना प्रमुखलाई निर्देशन दिनुभयो ।

यसैगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले वीरगञ्ज नगरमा भइरहेको नाला निर्माण कार्य अत्यन्त सुस्त गतिमा अघि बढिरहेकोले सो निर्माण कार्यमा तीव्रता ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्नुभयो । नाला निर्माणका लागि बाटो खन्ने काम पूरा भई निर्माण कार्य भइरहेतापनि अत्यन्त सुस्त गतिमा भइरहेकोले समयमैं निर्माण हुन नसक्दा बाटोमा हिड्ने बटुवा तथा सवारी चालकले समस्या भोग्नु परिरहेको साथै बाटोको अवस्था खराब भएको कारणले दुर्घटना पनि निम्त्याई रहेकोले वर्षायाम शुरु हुनु अगावै निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सोही अवसरमा वीउमनपाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले नाला निर्माण कार्यलाई आपूmले पनि निरन्तर अनुगमन गरिरहेको कुरा राख्नुभएको थियो ।

उक्त निर्माण परियोजनाका प्रमुखले निर्माण कार्यमा केही कारणबस ढिलाई भएतापनि अब सो कार्यमा तीव्रता ल्याइने र एक महिनाभित्रमा कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बञ्जारा, वीउवासङ्घका बरिष्ठ उपाध्यक्ष गोपाल केडिया, सचिव मनोज दास, ट्रान्सपोर्ट व्यवसायी राजेन्द्र गुप्ता र ग्रीन सिटी वीरगञ्जका सदस्यहरुको उपस्थिति रहेको थियो ।