Home ChamberNews
ChamberNews
9/24/2023 12:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा सङ्घमा मोतिहारी चेम्बर अफ कमर्शका प्रतिनिधि मण्डलसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा मोतिहारी चेम्बर अफ कमर्शका अध्यक्ष श्री विशाल कुमारज्यू, निवर्तमान अध्यक्ष श्री संजय जयसवालज्यू,वीउवा सङ्घका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ताज्यू, वरिष्ठ उपाध्यक्ष श्री हरि गौतमज्यू, उपाध्यक्ष माधव राजपालज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, कोषाध्यक्ष श्री शिवजी प्रसाद साहज्यू, सहकोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सहसचिव द्वय श्री नरेश टिवडेवालज्यू ,श्री निरज अग्रवालज्यू साथै वीउवा सङ्घका कार्यसमिति सदस्यहरु, मोतिहारी चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो। साथै विरगञ्ज उद्योग वाणिज्य सङ्घ र मोतिहारी चैम्बर अफ कमर्श बिच भगिनी सम्बन्धी आदान-प्रदान गरियो ।