ChamberActivity

11/5/2025 10:26:00 AM

पर्सा जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी श्री भोला दाहालज्यूसँग भेटघाट

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा पर्सा जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी श्री भोला दाहालज्यूसँग भेटघाट तथा छलफल कार्यक्रममा सम्पन्न भयो। उक्त कार्यक्रममा सङ्घका अध्यक्षज्यूले प्रमुख जिल्ला अधिकारी दाहालज्यूलाई वीरगञ्जमा स्वागत गर्दै उद्योगि व्यवसायीहरूले भोगिरहेका समस्या र चुनौतीहरूबारे प्रकाश पार्नुभयो  । उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, सचिव श्री पे्रमचन्द्र गोयलज्यू, सह सचिव श्री अनुप अग्रवालज्यूको उपस्थिति रहेको थियो ।