ChamberActivity

2/2/2026 4:00:00 PM

गार्मेन्ट सिलाइ–कटाइ तालिमको उद्घाटन कार्यक्रम

बीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा एमबी फेसनको संयुक्त आयोजनामा बीरगञ्जस्थित श्रीपुरमा गार्मेन्ट सिलाइ–कटाइ तालिमको उद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
दुई महिनासम्म सञ्चालन हुने उक्त तालिममार्फत महिलाहरूले सिलाइ–कटाइसम्बन्धी सीप हासिल गर्नुका साथै आत्मनिर्भर भई रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको छ ।  उक्त कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, सङ्घअन्तर्गत महिला समितिकी संयोजक डा. लक्ष्मी थापाज्यू, एमबी फेसनका संस्थापक श्री मनोज बाबरीज्यू, महिला समितिका सदस्यज्यूहरू तथा तालिममा सहभागी प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।