Home ChamberActivity
ChamberActivity
5/21/2026 10:39:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घमा महावाणिज्य दूतावासका नवआगन्तुक कन्सुलर श्री मनिष दुधपुरीज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका अध्यक्षज्यूले दुधपुरीज्यूलाई वीरगञ्जमा हार्दिक स्वागत गर्दै सङ्घ र महावाणिज्य दूतावासबीच आपसी समन्वय, सहकार्य तथा व्यापार–व्यवसाय प्रवर्द्धनका विषयमा छलफल गर्नुभयो । उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, ब.उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजी प्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव द्वय श्री प्रेमचन्द्र गोयलज्यू, श्री सुशान्त चाचानज्यू, सह -कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सह सचिव द्वय श्री नरेशकुमार टिवडेवालज्यू, श्री अनुप अग्रवालज्यू र प्रशासकिय अधिकृत श्री मनोज उपाध्यायज्यूको उपस्थिति रहेका थियो ।