ChamberActivity

9/20/2026 10:18:00 AM

नवआगन्तुक प्रमुख जिल्ला अधिकारी श्री खडानन्द अधिकारीज्यूको स्वागत

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी श्री खडानन्द अधिकारीज्यूको स्वागत तथा छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले प्रमुख जिल्ला अधिकारीज्यूलाई स्वागत गर्दै जिल्लाको औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकासका लागि प्रशासन र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले उद्योगी–व्यवसायीहरूले भोग्दै आएका करसम्बन्धी समस्याहरूको समाधान, व्यवसायमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रका गुनासाहरूलाई सम्बन्धित निकायमार्फत सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री खडानन्द अधिकारीज्यूले उद्योगी–व्यवसायीका समस्या तथा गुनासाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यूले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह सचिव श्री अनुप अग्रवालज्यूका साथै कार्यसमिति सदस्यज्यूको उपस्थिति रहेको थियो ।