Home ChamberActivity
ChamberActivity
5/7/2025 3:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा Maersk Shipping Line का प्रतिनिधिहरूसँग आयातकर्ता तथा निर्यातकर्ताहरूले भोग्दै आएका समस्या र तिनको समाधानका उपायहरूबारे एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद कलवारज्यू, सचिवद्वय श्री प्रेमचन्द्र गोयलज्यू तथा श्री सुशान्त चाचानज्यू, कार्यसमिति सदस्यज्यूहरू, साथै थुप्रै उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।