ChamberActivity

6/6/2025 2:00:00 PM

क्रियाशील युवा पत्रकार मंच नेपालद्वारा संघका पदाधिकारीज्यू र कार्यसमिति सदस्यज्यूलाइ स्वागत

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पदाधिकारीज्यूहरूलाई क्रियाशील युवा पत्रकार मंच नेपालद्वारा संघका पदाधिकारीज्यू र कार्यसमिति सदस्यज्यूलाइ सङ्घको कार्यकक्षमा भेटघाट गरी स्वागत गर्नुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले उद्योग वाणिज्य संघ र क्रियाशील युवा पत्रकार मंचबीच आगामी दिनमा विभिन्न सामाजिक, आर्थिक र विकासमूलक कार्यक्रमहरूमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सङ्घका कार्यसमिति सदस्य श्री दिपककुमार टिवडेवालज्यू, श्री हेमन्त बैद्यज्यू, क्रियाशील युवा पत्रकार मंच ,पर्साका अध्यक्ष श्री प्रणयकुमारज्यूको साथै मंचका पदाधिकारी र कार्यसमिति सदस्यज्यूहरूको उपस्थिति रहेको थियो ।