Home ChamberActivity
ChamberActivity
5/8/2025 3:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा वीरगञ्जस्थित उद्योग विभाग, मधेश प्रदेशका महानिर्देशक श्री सुशील साहज्यू, घरेलु तथा साना उद्योग कार्यालय, कलैयाका प्रमुख श्री देवेन्द्र कुमार झाज्यू तथा घरेलु तथा साना उद्योग कार्यालय, वीरगञ्जका प्रमुख श्री पवन पंजियारज्यूको विशेष उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद कलवारज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू तथा सचिवद्वय श्री प्रेमचन्द्र गोयलज्यू र श्री सुशान्त चाचानज्यू साथै सङ्घका कार्यकारी सचिव श्री सुनिलकुमार कण्ठज्यु र प्रशासकिय अधिकृत श्री मनोज उपाध्यायज्यूको सहभागिता रहेको थियो।