ChamberNews

6/11/2025 11:38:00 AM

भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम

भन्सार जाँचपास परीक्षण कार्यालय त्रिपुरेश्वरको आयोजनामा वीरगञ्ज भन्सार कार्यालयको सभाहलमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले वीरगञ्जमै भन्सार संपरिक्षण कार्यालय स्थापना गर्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले जाँचपासपछि तत्काल सोको निरीक्षण गर्ने कार्य यहीँबाट सम्पन्न गर्न सकिने व्यवस्था भएमा उद्योगी व्यवसायीहरूले भोगिरहेको धेरैजसो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।उक्त कार्यक्रममा भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख चिरन्जीवि अधिकारी, प्रमुख भंसार प्रशासक श्री दीपक लामिछाने, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री हरिप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाल, प्रमुख प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यूका साथै उद्योगी व्यवसायीहरूको सक्रिय उपस्थिति रहेको थियो।