Home ChamberNews
ChamberNews
9/11/2026 1:15:00 PM
नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशको आयोजनामा वीरगञ्जमा उद्योगी–व्यवसायीहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उद्योगी–व्यवसायीहरूका लागि बीमा सेवामा देखिएका समस्या तथा चुनौतीहरू, दाबी प्रक्रियालगायत बीमा क्षेत्रसँग सम्बन्धित विविध विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। साथै, उद्योगी–व्यवसायीहरूले बीमा सेवा प्रभावकारी, सहज र व्यवसायमैत्री बनाउन आवश्यक सुझावहरू समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यू तथा कार्यसमिति सदस्य श्री अजय प्रजापतिज्यू लगायत विभिन्न बीमा कम्पनीका शाखा प्रबन्धकज्यूहरूको उपस्थिति रहेको थियो।