ChamberNews

9/11/2026 11:22:00 AM

भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवको विदाई कार्यक्रम

भारतको महावाणिज्य दुतावास वीरगन्जको आयोजनामा बारा र पर्सा जिल्लाका उद्योगी व्यवसायीहरूको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवको विदाई कार्यक्रम सम्पन्न भएको छ।  वीरगन्जस्थित क्लार्क रिसोर्टमा आयोजित कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षज्यूले महामहिम राजदूत श्री नवीन श्रीवास्तवलाई विदाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बारा तथा पर्सा जिल्लाका विभिन्न उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल–भारतबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा आपसी सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो।