Home ChamberNews
ChamberNews
6/13/2025 5:00:00 PM
मोतिहारी चेम्बर अफ कमर्शको आयोजनामा मिति २०८२/०२/३० गते मोतिहारीमा आयोजित व्यवसायीबीचको B2B मिटिङ सफलतापूर्वक सम्पन्न भयो। उक्त सम्पन्न कार्यक्रममा दुईपक्षीय सम्बन्ध विस्तार सिमाञ्चल क्षेत्रमा देखिएको औद्योगिक, व्यावसायिक र पर्यटक सम्बन्धी समस्याको समाधानमा संयुक्त सहकार्य गर्ने अवधारणा व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, महासचिव श्री शिवजी प्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह सचिव द्वय श्री नरेशकुमार टिबडेवालज्यू र श्री अनुप अग्रवालज्यू, सङ्घका कार्यसमिति सदस्यज्यूहरू, मोतिहारी चेम्बर अफ कमर्शका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरू साथै विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।