Home ChamberNews
ChamberNews
6/29/2025 11:36:00 AM
"धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता" भन्ने मूल नाराका साथ २२औं राष्ट्रिय धान दिवस २०८२ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, नेपाल किसान महासंघ र कृषि अनुसन्धान निर्देशनालयको संयुक्त आयोजनामा भव्य रूपमा सम्पन्न भएको छ।उक्त अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरि गौतमज्यूले मन्तव्य व्यक्त गर्दै कृषि र उद्योगबीचको सहकार्यलाई अझ सशक्त बनाउँदै स्थानीय उत्पादनमा आधारित उद्यमशीलताको प्रवर्द्धन गर्न सङ्घ तत्पर रहेको बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका कृषि मन्त्री श्री जनार्धन सिंह क्षेत्री हुनुहुन्थ्यो। साथै बाराका प्रमुख जिल्ला अधिकारी श्री बसन्तराज अधिकारी, पर्साका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्याल, पर्साका प्रहरी उपरीक्षक श्री गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक श्री राधेश्याम धिमाल, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष श्री मनोजकुमार दास, महासचिव श्री शिवजीप्रसाद साह, कोषाध्यक्ष श्री अनोज रुँगटा, सचिव श्री प्रेमचन्द्र गोयल, कार्यसमिति सदस्यहरू, उद्योगी-व्यवसायी, सञ्चारकर्मीको गरिमामय उपस्थिति रहेको थियो ।