Home ChamberNews
ChamberNews
6/27/2025 11:51:00 AM
नेपाल युवा उद्यमी मञ्च, वीरगञ्जको ५औं वार्षिक साधारण सभामा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, तथा सह सचिव श्री अनुप अग्रवालज्यूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा सङ्घका अध्यक्षज्यूले युवाहरूले अब वैदेशिक रोजगारीतर्फ आकर्षित हुनुको सट्टा स्वदेशमै उद्यमशील सोचका साथ आत्मनिर्भर हुँदै रोजगारी सृजना गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।