ChamberNews

7/10/2025 1:30:00 PM

भंसार विभागको आयोजनामा सुझाव र व्यापार सहजीकरण सम्बन्धी बैठक

भंसार विभागको आयोजनामा सम्पन्न छैठौँ भन्सार सुधार तथा आधुनिकीकरण योजनाको समिक्षा तथा सातौँ चरणको योजनाको आधारपत्र तर्जुमा सम्बन्धी सुझाव र व्यापार सहजीकरण बैठकमा  विद्यमान भंसार प्रणालीमा छैठौँ भंसार आधुनिकीकरण योजनाबाट भएको सुधारको समिक्षा र सातौँ भन्सार आधुनिकीकरण योजनाले अवलम्बन गर्नुपर्ने विभिन्न विषयगत क्षेत्रहरुका सम्बन्धमा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, सह सचिव श्री अनुप अग्रवालज्यू, कार्यसमिति सदस्यज्यू श्री सुरेश रुँगटाज्यू लगायत क्लियरिङ्ग एजेण्ट तथा ढुवानी व्यवसायीहरुबाट आ आफ्ना धारना, सुझाव र जिज्ञासा प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा सङ्घका कार्यसमिति सदस्यज्यू, तथा उद्योगि व्यवसायीज्यूको उपस्थिति रहेको थियो ।