ChamberNews

6/21/2026 12:42:00 PM

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिक कार्ययोजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रम

वीरगञ्जस्थित एकीकृत जाँच चौकी ९आईसीपी० मा “सातौँ भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिक कार्ययोजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। भन्सार विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्देश्य भन्सार सेवालाई थप प्रभावकारी, पारदर्शी, प्रविधिमैत्री तथा सेवामुखी बनाउने दिशामा आवश्यक सुधारका उपायहरूको पहिचान गर्दै तिनको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरूको सुझाव तथा पृष्ठपोषण सङ्कलन गर्नु रहेको थियो।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसादज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सहसचिव श्री अनुप अग्रवालज्यू, सहकोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सङ्घका पूर्वअध्यक्ष श्री अशोककुमार टेमानीज्यू, कार्यसमिति सदस्यज्यू, उद्योगी–व्यवसायीहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।