Home ChamberActivity
ChamberActivity
7/21/2026 2:00:00 PM
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा श्रम सुधार तथा औद्योगिक–श्रम सम्बन्ध सुदृढीकरण सम्बन्धी ट्रेड युनियनका नेतृत्वसँग छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रममा अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले उद्योग, व्यवसाय तथा श्रमिकको साझा हित संरक्षण गर्दै औद्योगिक शान्ति र सौहार्दपूर्ण श्रम सम्बन्ध कायम राख्न बीरगञ्ज उद्योग वाणिज्य सङ्घ र श्रम युनियनबीच आपसी समन्वय, सहकार्य तथा विश्वासलाई अझ सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, रोजगारदाता इकाई समितिका संयोजक तथा उपाध्यक्ष श्री आशिष कुमार लाठज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सहसचिव श्री अनुप अग्रवालज्यू, रोजगारदाता इकाई समितिका सदस्यज्यूहरू तथा विभिन्न ट्रेड युनियनका प्रतिनिधिज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो