ChamberActivity

10/2/2026 9:00:00 AM

स्विस विकास परियोजनाका नेपाल प्रमुख श्री  जिन क्रिसटोपज्यूका साथै स्विस विकास परियोजनाका प्रतिनिधिज्यूसँग भेटघाट

बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा स्विस विकास परियोजनाका नेपाल प्रमुख श्री  जिन क्रिसटोपज्यूका साथै स्विस विकास परियोजनाका प्रतिनिधिज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले  स्विस सरकारले  ENSSURE परियोजना मार्फत सीप विकास, रोजगारी प्रवर्द्धन तथा निजी क्षेत्रको क्षमता अभिवृद्धिमा पुर्‍याउँदै आएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। त्यसैगरी, सङ्घका उपाध्यक्ष श्री आशिष कुमार लाठज्यूले ENSSURE परियोजनाअन्तर्गत  सङ्घद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरू, परियोजनाबाट प्राप्त उपलब्धिहरू तथा निजी क्षेत्र र सीप विकासको क्षेत्रमा परियोजनाले पुर्‍याएको योगदान  सम्बन्धमा विस्तृत प्रस्तुति दिनुभयो। कार्यक्रममा आगामी दिनमा सीप विकास, रोजगारी सिर्जना, उद्योगको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन तथा निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। उक्त कार्यक्रम सङ्घका सिप विकास इकाईका संयोजक श्री मेराजुल हवारीज्यूले संचालन गर्नुभएको थियो र धन्यवाद ज्ञापन सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यूले गर्नुभएको थियो ।