Home ChamberActivity
ChamberActivity
11/2/2026 4:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घमा आन्तरिक राजस्व कार्यालय, पर्साका नवआगन्तुक प्रमुख कर अधिकृत श्री गजेन्द्र प्रसाद यादवज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा सङ्घका अध्यक्षज्यूले प्रमुख कर अधिकृत श्री यादवज्यूलाई वीरगञ्जमा हार्दिक स्वागत गर्दै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, वीरगञ्ज क्षेत्रका उद्योगी तथा व्यवसायीहरूले करसम्बन्धी विषयमा भोग्दै आएका समस्या, चुनौती तथा गुनासाहरूको समाधानका लागि आन्तरिक राजस्व कार्यालय र सङ्घबीच आपसी समन्वय, सहकार्य तथा सहजीकरणलाई थप प्रभावकारी बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिल कुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री शिवजी प्रसाद शाहज्यू, कोषाध्यक्ष श्री अनोज रुङ्गटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू लगायत सङ्घका कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।