ChamberActivity

7/23/2026 4:00:00 PM

पर्सा–बारा जिल्लामा अवस्थित नदीहरूको स्वच्छता प्रवर्द्धन, औद्योगिक प्रदूषण व्यवस्थापन तथा उद्योग क्षेत्रका समस्या र तिनका समाधानका उपायहरूू विषयक बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम

बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय रहबर अंसारीज्यूको प्रमुख आतिथ्य एवं संसदीय समितिका सदस्य माननीय हरि पन्तज्यू, माननीय अरविन्द साहज्यूको उपस्थितिमा सङ्घको सभाहलमा पर्सा–बारा जिल्लामा अवस्थित नदीहरूको स्वच्छता प्रवर्द्धन, औद्योगिक प्रदूषण व्यवस्थापन तथा उद्योग क्षेत्रका समस्या र तिनका समाधानका उपायहरूू विषयक बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रममा पर्सा–बारा क्षेत्रका नदीहरूको संरक्षण र स्वच्छता प्रवर्द्धन, औद्योगिक प्रदूषण नियन्त्रणका प्रभावकारी उपायहरू, उद्योग सञ्चालनका क्रममा देखिएका विविध समस्या तथा तिनको दीर्घकालीन समाधानका सम्भावित उपायहरूबारे सहभागीहरूबीच विस्तृत छलफल भएको थियो। उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिष कुमार लाठज्यू, कोषाध्यक्ष श्री अनोज रुङ्गटाज्यू, सचिवद्वय श्री प्रेमचन्द्र गोएलज्यू तथा श्री सुशान्त चाचनज्यू, सह(कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सहसचिव श्री अनुप अग्रवालज्यू, कार्यसमिति सदस्यज्यूहरू, पर्सा तथा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू , पर्सा र बारा जिल्लाका प्रतिनिधि सभा सदस्यज्यूहरू, सुरक्षा प्रमुखज्यू, उद्योगी–व्यवसायी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।