Home ChamberActivity
ChamberActivity
8/3/2026 11:28:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बसन्त बहादुर बोहोराज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा बीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा गठित लघु उद्यम विकास कोषअन्तर्गत सञ्चालित सीप विकास तथा व्यावसायिक तालिमहरूको समापन कार्यक्रम सम्पन्न भयो। वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, वीरगञ्ज महानगरपालिका तथा एनपीएल समाज कल्याण संस्थाको संयुक्त आयोजनामा सञ्चालित उक्त तालिमहरूको मुख्य उद्देश्य पर्सा जिल्लाका अति विपन्न परिवारका युवायुवतीहरूलाई विभिन्न सीपमा दक्ष बनाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्नु रहेको थियो। कार्यक्रमअन्तर्गत इलेक्ट्रिकल रिपेयर टेक्निसियन, मोटरसाइकल रिपेयर टेक्निसियन, एडभान्स वुल फेल्ट, ग्रेन्ड बैंगल, साडी मेकर तथा आर्टिफिसियल फ्लावर मेकर सम्बन्धी सीपमूलक तथा व्यावसायिक तालिमहरू सञ्चालन गरिएको थियो। तालिममार्फत सहभागीहरूले व्यवहारिक ज्ञान तथा सीप हासिल गरी आगामी दिनमा रोजगारीसँगै आफ्नै व्यवसाय सञ्चालन गर्न समेत सक्षम हुने अपेक्षा गरिएको छ। कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यूले धन्यवाद मन्तवय व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सङ्घका प्रशासकिय अधिकृत श्री मनोज उपाध्यायज्यूले गर्नुभएको थियो