ChamberActivity

8/3/2026 4:00:00 PM

प्रहरी उपरीक्षकज्यूको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा पर्साका नवआगन्तुक प्रहरी उपरीक्षक श्री पवन भट्टराईज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा प्रहरी उपरीक्षकज्यूको स्वागत तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले पर्साका नवआगन्तुक प्रहरी उपरीक्षक श्री पवन भट्टराईज्यूलाई बीरगञ्जमा हार्दिक स्वागत गर्दै जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरी प्रशासन र निजी क्षेत्रबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। साथै, सङ्घको तर्फबाट जिल्लाको सुरक्षा व्यवस्था अझ सुदृढ बनाउन प्रहरी उपरिक्षकज्युको ध्यानाकर्षण गराउनु भयो । उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष श्री अनिल कुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिष कुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुंगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सहकोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सहसचिव श्री अनुप अग्रवालज्यू लगायत सङ्घका कार्यसमिति सदस्यज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।