Home ChamberActivity
ChamberActivity
5/20/2025 12:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पदाधिकारीज्यूहरूलाई एभरेष्ट बैंक वीरगञ्ज शाखाका प्रदेश प्रमुख श्री पुष्पराज उप्रेतीज्यू र शाखा प्रबन्धक श्री सुनिल गिरीज्यूले सङ्घको कार्यकक्षमा भेटघाट गरी स्वागत गर्नुभयो। सो अवसरमा हालको परिस्थिति र बैंक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै भविष्यमा आपसी सहयोग र सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल भयो। उक्त कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, महासचिव श्री शिवजीप्रसाद कलवारज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह सचिव द्वय श्री नरेशकुमार टिवडेवालज्यू, श्री अनुप अग्रवालज्यूको साथै सङ्घका प्रशासकिय अधिकृत श्री मनोज उपाध्यायज्यूको उपस्थिति रहेको थियो ।