Home ChamberActivity
ChamberActivity
8/8/2025 11:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ अन्तर्गत गठित महिला उद्यमशिलता विकास समितिले यही मिति २०८२ भाद्र १४ गते सङ्घको सभाहलमा पूर्व राष्ट्रपति माननीय विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा आयोजना हुन गईरहेको "बृहत् महिला सम्मेलन २०८२" बारे पत्रकार सम्मेलनमार्फत विधिवत रूपमा जानकारी गराइयाे। कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, महिला उद्यमशिलता विकास समितिकी संयोजक डा. लक्ष्मी थापाज्यू, सङ्घका महासचिव श्री शिवजी प्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सह–सचिव श्री अनुप अग्रवालज्यू, सङ्घका कार्यसमिति सदस्यज्यू, महिला उद्यमशिलता विकास समितिका सदस्यज्यूहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।