वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा Enhanced Skills for Sustainable and Rewarding Employment Project Phase II (ENSSURE II), Nepal Vocational Qualifications System Project (NVQS) – Phase II, Quality TVET for Youths (QualiTY) र Birgunj Chamber of Commerce and Industries, Birgunj, Parsa बीच समझदारी पत्र (MOU) हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।
निजी क्षेत्रको सक्रिय सहभागितामा वारा र पर्सा क्षेत्रका बेरोजगार तथा रोजगारी प्राप्त श्रमिकहरूको सीपस्तर र कामको गुणस्तर अभिवृद्धि गर्न शिक्षा तथा तालिम प्रदान गर्ने उद्देश्यले यो सम्झदारी पत्र हस्तान्तरण गरिएको हो।
उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, ENSSURE II प्रोजेक्टका विशेषज्ञ श्री लोकराज जोशीज्यू, NVQS प्रोजेक्टका विशेषज्ञ श्री परशुराम नेपालज्यू, QualiTY का प्रबन्धक श्री छबिन मगरज्यू, NVQS प्रोजेक्टका प्रबन्धक श्री प्रदीप गौतमज्यू तथा ENSSURE II प्रोजेक्टका प्राविधिक संयोजक श्री भरत सहनीज्यूको विशेष उपस्थित रहेको थियो।