श्रीजंग गण, वीरगञ्जका नव–आगन्तुक गणपति श्री लोकेन्द्र कार्कीज्यूसँग भेटघाट तथा छलफल
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा श्रीजंग गण, वीरगञ्जका नव–आगन्तुक गणपति श्री लोकेन्द्र कार्कीज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अध्यक्ष गौतमज्यूले नव–आगन्तुक गणपति कार्कीज्यूलाई वीरगञ्जमा हार्दिक स्वागत गर्दै, आगामी दिनहरूमा वीरगञ्जको सामाजिक रूपान्तरण तथा यस क्षेत्रको विकासमा दुवै संस्थाबीचको सहकार्य अझ सुदृढ र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजी प्रसाद शाहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सह–सचिव श्री अनुप अग्रवालज्यू, कार्यकारी सचिव श्री सुनिलकुमार कण्ठज्यू, प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यू तथा सञ्चारकर्मी श्री प्रणय कुमारज्यूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।