Home ChamberActivity
ChamberActivity
8/6/2025 11:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ अन्तर्गत गठित लघु व्यवसाय विकास कोष समितिको संयोजक श्री अरविन्द अमात्यज्यूको अध्यक्षता तथा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको प्रमुख आतिथ्यतामा बीरगञ्ज महानगरपालिकाका गरिब तथा बेरोजगार युवा–युवतीहरूलाई लक्षित गरी सञ्चालित रोजगारमुखी तालिमहरूको समुद्घाटन कार्यक्रम सङ्घको सभाहलमा सफलतापूर्वक सम्पन्न भयो।कार्यक्रमअन्तर्गत इलेक्ट्रिकल रिपेयरिङ, प्लम्बिङ, एडभान्स फेशन डिजाइनिङ तथा मोटर रिवाइन्डिङ सम्बन्धी सीप विकास तालिमहरू सञ्चालन गरिनेछ।कार्यक्रममा सङ्घका अध्यक्षज्यूले देशभित्रै सीप सिकेर आत्मनिर्भर बन्ने र वैदेशिक रोजगारीको सट्टा स्वदेशमै उद्यमशीलता तथा रोजगार सिर्जनामा अग्रसर हुनुपर्ने कुरामा विशेष जोड दिनुभयो।उक्त कार्यक्रममा उमेन्स स्किल डेभलपमेन्ट सेन्टरका अध्यक्ष श्रीमती चन्चला दास, लघु व्यवसाय विकास कोषका कार्यकारी सचिव श्री प्रेमचन्द्रप्रसादज्यू तथा तालिममा सहभागी युवा–युवतीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।