Home ChamberActivity
ChamberActivity
7/6/2025 4:30:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घमा नेपाल बार एसोसिएसन, पर्साका नवनिर्वाचित पदाधिकारी तथा सदस्यज्यूहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा नेपाल बार एसोसिएसन, पर्साका अध्यक्ष श्री राम नारायण कुर्मी, सचिव श्री प्रतिमा कुमारी चौरसिया, सह–सचिव श्री दिव्या सिंह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाल, उपाध्यक्ष श्री आशिष कुमार लाठ, महासचिव श्री शिवजीप्रसाद शाह, कोषाध्यक्ष श्री अनोज रुँगटा, सह–कोषाध्यक्ष श्री निरज अग्रवाल तथा कार्यसमिति सदस्य र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो। उक्त अवसरमा दुवै संस्थाबीच संस्थागत सहकार्य गर्दै विद्यमान ऐन, कानूनसँग सम्बन्धीत अस्पष्टतालाई निरुपण गर्न कानुनी सहायता डेक्स स्थापनाका लागि पहल गर्ने बारे साझा प्रतिबद्धता व्यक्त गरियो ।