Home ChamberActivity
ChamberActivity
7/9/2025 6:30:00 PM
बीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा खानेपानी मन्त्री माननीय प्रदिप यादवज्यूको सम्मानमा आयोजित स्वागत, छलफल तथा अन्तरक्रिया कार्यक्रम बीरगञ्ज स्थित दियालु लर्ड्समा सम्पन्न भयो । उक्त कार्यक्रममा संघका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले वर्तमान अवस्थामा देखिएका खानेपानीका अभावको सम्बन्धमा माननिय मन्त्रीज्यूको ध्यानाकर्षण गराउनु भयो । यसै गरी सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यूले खानेपानीसँग सम्बन्धीत विषयहरुको दिर्घकालीन समाधानको लागि आवश्यक पहल गर्ने सम्बन्धमा आग्रह गर्नु भयो । त्यसैगरी सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, महासचिव श्री शिवजी प्रसाद शाहज्यू, कोषाध्यक्ष श्री अनुज रुँगटाज्यू, सहसचिव नरेश टिबडेवालज्यू साथै संघका कार्यसमिति सदस्य श्री दिपक टिवडेवालज्यू, श्री पन्नालाल साहज्यू, श्री अजय प्रजापतीज्यू, श्री प्रकाश खण्डेलवालज्यू, श्री मनोज शर्माज्यू र श्री गोविन्द शाहज्यूले यस क्षेत्रको उद्योग, व्यापारका साथै विकास निर्माणका विषयमा आ-आफ्ना धारणा व्यक्त गर्नुभयो ।