ChamberActivity

9/24/2025 4:00:00 PM

पर्साका नवआगन्तुक प्रहरी उपरीक्षक श्री सुदीप पाठकज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा पर्साका नवआगन्तुक प्रहरी उपरीक्षक श्री सुदीप पाठकज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा अध्यक्ष गौतमज्यूले प्रहरी उपरीक्षक श्री पाठकज्यूलाई वीरगञ्जमा हार्दिक स्वागत गर्दै, आगामी दिनहरूमा यस क्षेत्रको शान्ति–सुरक्षाको प्रभावकारी कार्यान्वयन, अवैध व्यापार नियन्त्रण, तथा सीमा क्षेत्रमा भारतीय पर्यटकलाई सहज आवागमनका लागि सहजीकरण गर्ने विषयमा सुझावहरु राख्नु भयो । 
सो कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधवराज पालज्यू, उपाध्यक्ष द्वय श्री मनोजकुमार दासज्यू र श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव द्वय श्री प्रेमचन्द्र गोयलज्यू र श्री शुशान्त चाचानज्यू, तथा सह–सचिव श्री अनुप अग्रवालज्यूको समेत उपस्थिति रहेको थियो।