Home ChamberActivity
ChamberActivity
8/26/2025 4:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा पर्सा जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी श्री तोय नारायण सुबेदीज्यूसँग भेटघाट तथा छलफल कार्यक्रममा सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका अध्यक्षज्यूले प्रमुख जिल्ला अधिकारी सुवेदीज्यूलाई वीरगञ्जमा स्वागत गर्दै उद्योगि व्यवसायीहरूले भोगिरहेका समस्या र चुनौतीहरूबारे प्रकाश पार्नुभयो । उहाँले विशेषगरी स्थानिय सरकारको नीति–नियमका कारण सवारीकर र कबाडी कर जस्ता अनावश्यक करका कारण व्यवसायीहरूलाई दुःख परेको बताउनुभयो । प्रजिअ सुवेदीज्यूले उद्योगी–व्यापारीका समस्या समाधान, सहज प्रशासनिक सेवा प्रवाह, कानून व्यवस्था सबल पार्ने र जिल्लालाई व्यवस्थित बनाउन प्रशासन सधैं संघ–संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो। उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सह सचिव द्वय श्री नरेशकुमार टिवडेवालज्यू, श्री अनुप अग्रवालज्यू, सङ्घका कार्यसमिति सदस्यज्युको साथै उद्योगि व्यवसायीज्यूको उपस्थिति रहेको थियो ।