Home ChamberActivity
ChamberActivity
8/30/2025 10:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सङ्घको सभाहलमा एक दिने “बृहत् महिला सम्मेलन–२०८२” भव्य रूपमा सम्पन्न भयो । “नारी शक्ति, समर्पण र सम्मान” भन्ने अभिष्ट वाक्यसहित आयोजित उक्त सम्मेलनमा प्रमुख अतिथिको रूपमा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीज्यू उपस्थित रहनुभएको थियो ।यस सम्मेलनको मुख्य उद्देश्य वारा र पर्सा जिल्लासहित मोफसल क्षेत्रका महिलाहरूमा निहित उद्यमशीलताको उजागर गर्नुका साथै महिलाद्वारा सञ्चालित व्यवसायहरूको सुदृढीकरण, विकास र प्रवर्द्धन गर्ने रहेको थियो ।कार्यक्रममा विभिन्न क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएका २५ जना महिला उद्यमीलाई सम्मान गरियो । सम्मानित महिलाहरूलाई प्रशंसा–पत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । उनीहरूको प्रेरणादायी योगदानले अन्य महिलालाई उद्यमशीलताको यात्रामा अघि बढ्न थप हौसला र ऊर्जा दिने विश्वास व्यक्त गरियो ।उक्त कार्यक्रममा सङ्घका पदाधिकारीज्यू, कार्यसमिति सदस्यज्यू, महिला उद्यमी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्यलाई धन्यवाद दिँदै वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आगामी दिनमा महिला उद्यमशीलता प्रवर्द्धन र विस्तारका लागि अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्यो ।