Home ChamberActivity
ChamberActivity
7/17/2025 5:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक श्री राधेश्याम धिमालज्यूको विदाई कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा अध्यक्षज्यूले प्रहरी उपरीक्षकज्यूको कार्यकालको दौरानमा गरेको उल्लेखनीय र महत्वपूर्ण कार्यहरूको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। उपरीक्षकज्यूले पनि आफ्नो सेवाकालमा उद्योग वाणिज्य क्षेत्रसँग समन्वयमा रहेर गरेका कार्यहरू स्मरण गर्दै सङ्घप्रति आभार प्रकट गर्नुभयो।उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद शाहज्यू, कोषाध्यक्ष श्री अनुज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह-कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यू तथा अधिकृत श्री खडकसिंह रावलज्यूको उपस्थिति रहेको थियो।