ChamberActivity

7/23/2025 5:00:00 PM

युवा उद्यमी मञ्च, वीरगञ्ज चेप्टरका नवनिर्वाचित पदाधिकारीहरूसँग भेटघाट तथा अन्तरक्रिया

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा युवा उद्यमी मञ्च, वीरगञ्ज चेप्टरका नवनिर्वाचित पदाधिकारीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा अध्यक्ष गौतमज्यूले वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र युवा उद्यमी मञ्चबीच संस्थागत सहकार्यलाई सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो साथै नयाँ सोच, नवप्रवर्तन र व्यवसायिक सुधारका क्षेत्रमा सँगै मिलेर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो । त्यसैगरी युवा उद्यमी मञ्च, वीरगञ्ज चेप्टरका अध्यक्षज्यूले वीरगञ्ज उद्योग वाणिज्य सङ्घ हाम्रो अभिभावक संस्थाको रुपमा रहेको र सङ्घसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, युवा उद्यमी मञ्च वीरगञ्ज चेप्टरका अध्यक्ष श्री विश्वास प्रताप शाहज्यू तथा मञ्चका अन्य पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।