ChamberActivity

7/30/2025 4:00:00 PM

पर्साका नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षक श्री पूर्ण चन्द्र भट्टज्यूसँग भेटघाट

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा पर्साका नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षक श्री पूर्ण चन्द्र भट्टज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह-कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सह-सचिव श्री अनुप अग्रवालज्यू, प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यू, अधिकृत श्री खड्ग सिंह रावलज्यू तथा सञ्चारकर्मी श्री प्रणय कुमारज्यूको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा अध्यक्ष श्री गौतमज्यूले सशस्त्र प्रहरी उपरीक्षक श्री भट्टज्युलाई वीरगञ्जमा हार्दिक स्वागत गर्दै उहाँको सुरक्षा व्यवस्थापन तथा अवैध व्यापार नियन्त्रणमा रहने भूमिकाको उच्च सराहना गर्नुभयो। साथै, उहाँले आगामी दिनहरूमा सङ्घ र सुरक्षा निकायबीच अझ सुमधुर तथा प्रभावकारी समन्वय कायम हुने अपेक्षा व्यक्त गर्नुभयो।