Home ChamberActivity
ChamberActivity
8/4/2025 4:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ अन्तर्गत गठित महिला उद्यमशिलता विकास समितिको संयोजक श्रीमती लक्ष्मी थापाको संयोजकत्वमा तथा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा महिला उद्यमशिलता विकास समितिको प्रथम बैठक सम्पन्न भयो। बैठकमा निकट भविष्यमा एक बृहत् महिला उद्यमशिलता सम्मेलन तथा सम्मान कार्यक्रमको आयोजना गरिने प्रतिवद्धता व्यक्त गरियो, जसले पर्सा र बारा जिल्लामा रहेका उद्यमशिल महिलाहरुको प्रतिभाहरुलाई उजागर गरीने र यस्ता महिलाको थप विकास र प्रवद्धनका लागि सङ्घले आवश्यक भुमिका निर्वाह गर्ने विचार व्यक्त गरियो । ।उक्त बैठकमा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाल, उपाध्यक्ष श्री मनोजकुमार दास, महासचिव श्री शिवजीप्रसाद साह, कोषाध्यक्ष श्री अनोज रुँगटा, सचिव श्री प्रेमचन्द्र गोयल, सह-कोषाध्यक्ष श्री निरज अग्रवाल, सह-सचिव श्री अनुप अग्रवाल तथा महिला उद्यमशिलता विकास समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।