Home ChamberActivity
ChamberActivity
8/6/2025 11:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ अन्तर्गत गठित स्टार्टअप एण्ड इन्क्यूबेशन समितिका संयोजक श्री अनुप अग्रवालज्यूको संयोजकत्वमा तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा इन्क्यूबेशन सेन्टरसम्बन्धी लेआउट र डिजाइनका विषयमा छलफल सम्पन्न भयो। साथै, केन्द्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने उद्देश्यले सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने सम्भावनाबारे नेपाल उद्यमी हबका सह संस्थापक तथा इन्क्यूबेशन समितिका सल्लाहकार श्री सुमन शाक्यज्यूसँग विशेष चर्चा गरिएको थियो। उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, कार्यसमिति सदस्य श्री हेमन्त बैद्यज्यूको साथै स्टार्टअप एण्ड इन्क्यूबेशन समितिका सदस्यज्यूहरुको उपस्थिति रहेको थियो ।