Home ChamberActivity
ChamberActivity
8/18/2025 2:02:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा सशस्त्र प्रहरी उपरिक्षक स्व. सुमन थपलियाको सम्मानमा स्थापित Best Integrity पुरस्कार आज एक कार्यक्रमका बिच सङ्घका अध्यक्ष तथा सशस्त्र प्रहरी महानिरिक्षकद्वारा हस्तान्तरण गरियो । उक्त अवसरमा सशस्त्र प्रहरी नायब उपरिक्षक श्री लोकेन्द्र सुब्बालाई Best Integrity पुरस्कारबाट सङ्घका अध्यक्ष तथा सशस्त्र प्रहरी महानिरिक्षक श्री कृष्णप्रसाद ढकालज्यूले संयुक्त रुपमा रु. २५,००० नगद राशि र सम्मानपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिवद्वय श्री प्रेमचन्द्र गोयलज्यू र श्री सुशान्त चाचान ज्यू, सह कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सह सचिव श्री नरेशकुमार टिबडेवालज्यू तथा प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यूको उपस्थिति रहेको थियो।