Home ChamberActivity
ChamberActivity
8/19/2025 5:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घमा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्री दिपक लामिछानेज्यूको विदाई कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा अध्यक्ष श्री गौतमज्यूले लामिछानेज्यूलाइ आफ्नो कार्यकालभर व्यवसायी–उद्योगी समुदायसँग समन्वय गर्दै भन्सार सेवालाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएको उल्लेख गर्नुभयो । साथै उहाँले लामिछानेज्यूको व्यावसायिक दक्षता, इमानदारी र सकारात्मक नेतृत्वको प्रशंसा गर्दै आगामी जिम्मेवारीमा सफलताको कामना गर्नुभयो । उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिवद्वय श्री प्रेमचन्द्र गोयलज्यू र श्री सुशान्त चाचानज्यू, सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, कार्यकारी सचिव श्री सुनिलकुमार कण्ठज्यू, प्रशासनिक अधिकृत श्री मनोज उपाध्यायज्यू तथा अधिकृत श्री खडक सिंह रावलज्यूको उपस्थिति रहेको थियो ।