वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालज्यू तथा वारा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बसन्तराज अधिकारीज्यूको विधाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह कोषाध्यक्ष श्री निरज अग्रवालज्यूका साथै सङ्घका कार्यसमिति सदस्यज्यूको उपस्थिति रहेको थियो ।