ChamberActivity

8/23/2025 1:00:00 PM

ज्ञापन पत्र हस्तान्तरण

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय गगन थापाज्यूलाई उधारो कारोबार सम्बन्धी कानून निर्माणका लागि ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा मधेश प्रदेशका कृषि मन्त्री माननीय जनार्दन सिंह क्षेत्रीज्यू, नेपाली कांग्रेसका पूर्व मन्त्री श्री सुरेन्द्र चौधरीज्यू, वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख श्री इम्तियाज आलमज्यू, सङ्घका निवतर्मान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, कार्यसमिति सदस्यहरू साथै सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।