Home ChamberActivity
ChamberActivity
8/24/2025 1:13:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा वीरगञ्ज भन्सार कार्यालयका नवआगन्तुक प्रमुख भन्सार प्रशासक श्री विष्णुप्रसाद ज्ञवालीज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अध्यक्षज्यूले भन्सार र व्यवसायबीचको सहकार्यलाई अझ मजबुत बनाउन संघ सधैं सकारात्मक भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दै व्यापारीहरूले भोगिरहेका समस्या समाधानमा भन्सार प्रशासन र निजी क्षेत्रबीचको संवाद महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो साथै कार्यक्रममा सहभागी व्यापारी प्रतिनिधिहरूले भन्सार प्रक्रियामा विशेषगरी मूल्याङ्कनसम्बन्धी समस्याबारे जानकारी गराएका थिए। उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सङ्घका कार्यसमिति सदस्यज्यू, प्रशासकिय अधिकृत श्री मनोज उपाध्यायज्युको साथै अधिकृत खडक सिंह रावलज्यूको उपस्थिति रहेको थियो ।